Logo

सरकारले गुणस्तर र उपभोग्य मिति केन्द्रित बजार अनुगमन गर्दै, दैनिक छ समूहबाट बजार अनुगमन

सरकारले गुणस्तर र उपभोग्य मिति केन्द्रित बजार अनुगमन गर्दै, दैनिक छ समूहबाट बजार अनुगमन



काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमन सुरु गरेको छ ।

चाडपर्व सुरु भएसँगै बजारमा अनुचित व्यापारित कारोबार हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्र बनाएको हो । दैनिक उपभोग्य वस्तुको मूल्य र उपभोग्य मिति (म्याद) मा केन्द्रित भएर बजार अनुगमलाई तीव्र बनाइएको विभागका आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन शाखाका प्रमुख एवं प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए ।

उनका अनुसार चाडपर्व सुरु भएसँगै दैनिक छ समूहबाट बजार अनुगमन भइरहेको छ । ‘हाम्रो काम नै बजार अनुगमन हो । हामी निरन्तर अनुगमनमै हुन्छौँ । चाडपर्व सुरु हुनुभन्दा अगाडि दैनिक दुई÷तीन समूहबाट अनुगमन हुने गरेकामा हामीले बढाएर दैनिक छ समूहलाई बजारमा पठाउने गरेका छौँ’, उनले भने, ‘अन्य समयको तुलनामा चाडपर्व नजिकिएसँगै ४० प्रतिशत कारोबार हुने हुँदा अनुगमन बढाएका हौँ ।’

उनले उपभोक्ताको बढी भीड हुने समयमा व्यवसायीले उपभोग्य मिति सकिएका खाद्य वस्तु बिक्री वितरण गर्न सक्ने भन्दै चनाखो हुन आग्रह गरे । ‘उपभोक्ता ठगिनबाट बच्न हामीले वस्तु र सेवा केन्द्रित भएर अनुगमन गरेका हौँ । हामीसँगै आम उपभोक्ता पनि चनाखो हुनुपर्ने आवश्यक छ’, उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्
MBL