Logo

सबै सीमानाका खुलाउने सरकारको निर्णय, कोभिड व्यवस्थापन सम्बन्धी नयाँ आदेश जारी

सबै सीमानाका खुलाउने सरकारको निर्णय, कोभिड व्यवस्थापन सम्बन्धी नयाँ आदेश जारी



काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रणका लागि बन्द गरिएका सबै सीमानाकाहरु खुलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार अब कोरोना महामारीको सन्त्रास कम भएसँगै सीमानाकाहरु विभिन्न प्रयोजनका लागि खुला गर्ने निर्णय गरिएको हो । यस्तै सरकारले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ । अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाँ आदेश जारी गरेको हो ।

सो आदेशबाट प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको छ । समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन् । बैठकले कोभिड–१९ सम्बन्धी विधेयक, औषधि ऐन, ०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसद्‌मा पेश गर्न स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL