Logo

२८ लाख बढी लगानीकर्ता मेरो सेयरमा आबद्ध, आठ लाख ८० हजार लगानीकर्ता कारोबारमा सक्रिय

२८ लाख बढी लगानीकर्ता मेरो सेयरमा आबद्ध, आठ लाख ८० हजार लगानीकर्ता कारोबारमा सक्रिय



काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७र७८ मा अघिल्लो वर्षको तुलनामा मेरो सेयर प्रयोगकर्ताको सङ्ख्या करिब साढे तीन गुणाले बढेर २८ लाख पुगेको जानकारी दिएको छ ।

laxmi

प्रतिनिधिसभा अर्थ समितिको आइतबारको बैठकमा सो आवमा डिम्याट खाता पनि शात प्रतिशतभन्दा बढी वृद्धि भई ३७ लाख दिइयो । उक्त आवमा रु १४ अर्ब १५ करोड पूँजीगत लाभकर वापत सरकारलाई राजश्वमा योगदान दिन सफल भएको बोर्डका कार्यकारी प्रमुख भीष्मराज ढुङ्गानाले जानकारी दिए ।

१५औँ योजनाको पूँजी बजार सम्बन्धी परिमाणत्मक लक्ष्य धितोपत्रमा लगानीकर्ताको सङ्ख्या बढाइ कूल जनसङ्ख्याको २० प्रतिशत पुर्याउने रहेकामा आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा १२ प्रतिशत पुगेकाले सहजरुपमा लक्ष्य हासिल दाबी गरिएको छ ।

धितोपत्रको प्रारम्भिक सार्वजनिक एउटै निष्काशनमा करिब २४ लाखले आवेदन दिई खरिद गरेको तथ्याङ्क बैठकमा प्रस्तुत गरियो । विसं २०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि ३५ हजारभन्दा बढीले युजर डि लिएकामा समीक्षा वर्षमा उक्त सङ्ख्यामा २२ गुणभन्दाबढीले वृद्धि भई सात लाख ९५ हजार पुगेको छ ।

समग्रमा आठ लाख ८० हजार लगानीकर्ता कारोबारमा सक्रिय रहेको तथा पूँजी बजारमा लगानीकर्ता क्रमश : प्रविधिमैत्री हुँदै गएको बताइएको छ । धितोपत्रको प्राथमिक बजारमार्फत पूँजी परिचालनका लागि वित्तीय क्षेत्र बाहिरका हाइड्रो, उत्पादनमूलक, व्यापारिक तथा केबलकार जस्ता कम्पनी सक्रिय छन् । प्राथमिक बजारमार्फत धितापत्र निष्काशनमा आब २०७७/७८ उल्लेख्य वृद्धि भएको छ ।

यस वर्ष प्राथमिक बजार मार्फत रु १०८.२२ अर्ब बराबरको धितापत्र निष्काशनका लागि बोर्डले अनुमति दिएको छ । साधारण सियर  र ऋणपत्र निष्काशनमा पनि उल्लेख्य वृद्धि भएको छ । नेपालको पूँजी बजारमार्फत परिचालन भएको रकम सार्क देशमै दोस्रो ठूलो रकम हो । नेपाली सेयर बजार पूँजीकरणतर्फ ४४ खर्ब ३७ अर्ब पुगेर नयाँ उचाई कायम भएको छ ।

धितोपत्र बजारको विकास र विस्तारका लागि बोर्डले चालेका कदम कारण बजारमा लगानीकर्ताको मनोबल बढी सर्वसाधारणको सहभागिता उत्साहजनक रुपमा वृद्धि भएको निर्देशक ढुङ्गानाले बताए । एक वर्षदेखि बजारका अधिकांश परिसूचक ऐतिहासिक उचाइमा पुगेको तथा बजार पूर्वाधार र सेवा सुधार, धितोपत्रको निष्काशन मार्फत पूँजी परिचालन, सर्वधारणको सहभागिता, दोस्रो बजारको कारोबार, नेप्से सूचकाङ्कजस्ता विविध परिसूचक पनि ऐतिहासिक रहेका छन् ।

पूँजी बजारको गुणात्मक विकास, विस्तार एवं व्यापक संरचनात्मक परिवर्तन मार्फत अन्तर्राष्ट्रियस्तरको बनाउन चालू आवलाई रणनीतिक योजना कार्यान्वयको विशेष वर्षका रुपमा अघि सारिएको छ । सूचना प्रविधि पूर्वाधारको जग तयारी वर्षका साथै पूँजी बजार विस्तार तथा बजारका पहुँच अभिवृद्धिका रुपमा लिने प्रतिबद्धता गरिएको धितोपत्र बोर्डले जनाएको छ । धितापत्र बजार तथा वस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रम स्वीकृत भई सार्वजनिकको तयारीमा रहेको पनि बैठकमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्
MBL