Logo

वैदेशिक रोजगार बोर्डले एक वर्षमा ११८० नेपालीको शव स्वदेश फर्कायो , मृतकका परिवारलाई सहायता वितरण

वैदेशिक रोजगार बोर्डले एक वर्षमा ११८० नेपालीको शव स्वदेश फर्कायो , मृतकका परिवारलाई सहायता वितरण



काठमाडौं । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा निधन भएका १ हजार १८० नेपालीको शव नेपाल ल्याएको छ ।

बोर्डका अनुसार सो अवधिमा मृत्यु भएका १ हजार २५० जना कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ । यस्तै, रोजगारीका क्रममा गम्भीर घाइते वा बिरामी परेका ६९८ श्रमिकलाई समेत आर्थिक सहायता प्रदान गरिएको छ भने २७५ श्रमिकका परिवारलाई उपचार खर्च दिइएको छ ।

विदेशमा रहेका आफ्ना अभिभावक गुमाएका श्रमिकका छोराछोरीमध्ये ३ हजार ९९० जनाले छात्रवृत्तिबाट लाभ लिएका छन् । यसै अवधिमा अलपत्र अवस्थामा परेका ७० शवसमेत नेपाल झिकाइएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार वैदेशिक रोजगारमा जान चाहने १४ हजार ४५८ युवालाई विभिन्न प्रकारका सीपमूलक तालिमसमेत प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्