Logo

ट्रेड टावरको सेयर सिडीएससीमा दर्ता, नेप्सेमा सूचीकृत भएपछि कारोबारमा आउने

ट्रेड टावरको सेयर सिडीएससीमा दर्ता, नेप्सेमा सूचीकृत भएपछि कारोबारमा आउने



काठमाडौं । ट्रेड टावर लिमिटेडले निष्काशन गरेको सेयर सिडीएससीमा दर्ता भएको छ। बुधबार सिडीएससी, ट्रेड टावर लिमिटेड (निष्काशनकर्ता) तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सेयर दर्ता भएसंगै अब सेयर परेका लगानीकर्ताको डिम्याट खातामा सेयर आउने छ ।

त्यसपछि यी सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा सेयर सूचीकृत भएको भोलिपल्टबाट सेयर कारोबार गर्न सकिने छ। बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले गत असार १ गते कम्पनीको सेयर बाँडफाँड गरेको थियो । कम्पनीले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता सेयर निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल २० लाख ७४ हजार २ सय ८५ जनाले २ करोड ४१ लाख १७ हजार ४ सय ८० कित्ताको लागि आवेदन परेको थियो। गोलाप्रथाबाट ३ लाख २९ हजार ६ सय ५० जनाले सेयर पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्