Logo

आज सुनको मूल्य स्थिर, प्रतितोला ९० हजार ७ सयमा कारोबार हुँदैं

आज सुनको मूल्य स्थिर, प्रतितोला ९० हजार ७ सयमा कारोबार हुँदैं



काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहदै प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि छापावाला सुन तोलाको ९० हजार ७ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला १३०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL