Logo

मेलम्ची सुरुङको परिक्षण गर्दै आयोजना, काठमाडौं उपत्यकामा २ महिना पानी नआउने

मेलम्ची सुरुङको परिक्षण गर्दै आयोजना, काठमाडौं उपत्यकामा २ महिना पानी नआउने



काठमाडौं । काठमाडौं उपत्यकामा असार १ देखि २ महिना मेलम्चीको पानी नआउने भएको छ । काठमाडौं खानेपानी लिमिटेडको वितरण संजालबाट वितरण गरिएको मेलम्चीको पानी सुरुङ परिक्षणका लागि भन्दै २ महिना बन्द हुने भएको हो । मेलम्ची खानेपानी विकास समितिका अनुसार असार १ गतेदेखि मेलम्ची सुरुङको पानी खाली गर्ने र त्यसको परिक्षण निरिक्षण गरिसकेपछि पुनः सुरुङमा पानी भर्न २ महिना लाग्नेछ ।

सोही अवधिसम्म काठमाडौं उपत्याकामा पानी नआउने भएको हो । समितिका अनुसार सुरङ परिक्षण कार्यका लागि सुरुङमा पानी भर्ने, फाल्ने र आवश्यक कमी कमजोरी पत्ता लगाई सुधार गर्नुपर्ने हुन्छ । सोही अनुसार बर्षायाम अगावै सुरुङमार्गको परिक्षण र निरिक्षण गर्न लागिएको हो ।

यसअघि गत फागुन १० गतेबाट सुरुङमार्गमा पानी भरेर १२ दिनपछि फागुन २२ गते सुन्दरीजलमा पानी पुगाईएको थियो । त्यसपश्चात बैशाख ६ गतेबाट काठमाडौंमा पानी वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL