Logo

एफएनसीसीआईको ५५ औं वार्षिक साधारण सभा आजबाट, अर्थतन्त्र १ सय अर्ब डलर पुरयाउने लक्ष्यसहितको भिजन पेपर सार्वजनिक हुने

एफएनसीसीआईको ५५ औं वार्षिक साधारण सभा आजबाट, अर्थतन्त्र १ सय अर्ब डलर पुरयाउने लक्ष्यसहितको भिजन पेपर सार्वजनिक हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) को ५५ औं वार्षिक साधारण सभा आबाट काठमाडौंमा हुंदैछ । साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७७ को भव्य समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले समुदघाटन हुने कार्यक्रम छ । यस वर्षको वार्षिक साधारण सभाको मुख्य थिम समृद्धिका लागि सम्मानित निजी क्षेत्रः समुन्नत नेपाल रहेको छ ।

समारोहमा भाग लिन मुलुकभरबाट महासंघका सदस्य संघ संस्थाका प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । समुद्घाटन समारोहमा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूबाट महासंघले अगाडि सारेकोे राष्ट्रिय आर्थिक रुपान्तरण २०३० पुस्तक(भिजन पेपर)को विमोचन हुने छ । महासंघको वर्तमान नेतृत्वले अवको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पना सहित भिजन पेपर तयार गरेको छ ।

भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्ष भित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको पुरयाउने र दीगो उच्च आर्थिक वृद्धिमार्फत अतिरिक्त २२ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिइएको छ र ती लक्ष्यलाई पुरा गर्ने वलियो आधार र सुझावहरु समेत भिजन पेपर मार्फत दिइने छ । भिजन पेपरको कार्यान्वयनमा महासंघले वार्षिक साधारण सभामा नेपाल सरकारको प्रतिवद्धतासमेत लिने छ ।

सोही समारोहमा महासंघका सदस्य संघ संस्थाहरुलाई कदर सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । सोही अवसरमा वंगलादेशका वाणिज्यमन्त्री टिपु मुन्सीले भिडियो मार्फत साधारण सभालाई संवोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।

वार्षिक साधारण सभाको समुदघाटन समारोहपश्चात मध्यान्ह विभिन्न तीनवटा सत्रहरुमा भिजन पेपरका वारेमा माननीय अर्थमन्त्री, माननीय उद्योग वाणिज्य तथा आफूर्ति मन्त्री र माननीय श्रम तथा रोजगार मन्त्रीको समुपस्थितिमा प्यानल डिस्कसन हुने कार्यक्रम छ भने चैत्र २९ गते महासंघको वन्द सत्र आयोजनासहित साधारण सभाका सम्पूर्ण कार्यक्रम सम्पन्न हुने छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ मुलुकभित्र सरकार पछिको दोस्रो ठूलो संजाल भएको निजी क्षेत्रको सर्वोच्च संस्थाको रुपमा रहेको छ भने महासंघले आफना हरेक वार्षिक साधारण सभालाई मुलुकको समग्र अर्थतन्त्रको विकासमा महत्वपूर्ण पहलको रुपमा मनाउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL