हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मंगलवार सम्पन्न १८ औं बार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
सभाले कम्पनीको वितरणयोग्य संञ्चित मुनाफाबाट चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३ सय ६ रुपैयाँको ८ प्रतिशत को दरले हुने ७३ करोड १४ लाख ५८ हजार ९ सय ८४ नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत प्रदान गरेको हो ।
यसैगरी सभाले संचालक समितिको आव २०८०/८१ को बार्षिक प्रतिवेदन, कम्पनीको आव २०८०÷८१ को अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत् सम्वन्धी अनुसूचीहरु स्वीकृत गरेको छ ।
त्यस्तै सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आव २०८०÷८१ को वित्तीय विवरण स्वीकृत गरेको छ भने संचालक समितिको सिफारिस बमोजिम आ.व. २०८१÷८२ को लागि बाह्य लेखापरीक्षकमा लेखापरीक्षक एस.सि.लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्टलाई नियुक्ति गरेको छ ।
त्यस्तै कम्पनीको प्रस्तावित बिषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आव २०८०।८१ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।