Logo

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औँ वार्षिक साधारण सभा सम्पन्न, बीमा सेवाको गुणस्तर सुधार गर्न प्रतिवद्धता

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औँ वार्षिक साधारण सभा सम्पन्न, बीमा सेवाको गुणस्तर सुधार गर्न प्रतिवद्धता



काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सोमबार राजधानीको अम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा सफलता पूर्वक सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनसहित कम्पनीको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिबाट पारित गरेको छ।

साथै, संचालक समितिको वार्षिक प्रतिवेदन तथा सभामा पेश गरिएका सबै सामान्य तथा विशेष प्रस्तावहरू पनि सर्वसम्मतिले पारित गरिएका छन्। कम्पनीका अनुसार हाल यूनाइटेड अजोड इन्स्योरेन्सले प्रधान कार्यालयसहित ६ वटा प्रादेशिक कार्यालय, ३९ शाखा, ४३ उपशाखा, १५ बीमा काउण्टर र ६ वटा तेस्रो पक्ष बीमा काउण्टरमार्फत देशभर ३६५ बीमा सेवा प्रदान गरिरहेको छ।

बीमा दाबीहरू समयमै फरफारक गर्ने, बीमितलाई छिटो र प्रभावकारी सेवा दिनेलगायत सेवा विस्तार र दक्षता अभिवृद्धिमा कम्पनी केन्द्रित रहेको बताइएको छ। कम्पनीले प्रविधिमा आधारित बीमा सेवा विस्तार गर्दै डिजिटल इन्स्योरेन्सलाई विशेष प्राथमिकतामा राख्ने योजना अघि सारेको छ। आगामी दिनमा अनलाइन पोलिसी जारी गर्ने व्यवस्था सुनिश्चित गर्न सूचना प्रविधिमा थप लगानी गरिने जनाएको छ। यूनाइटेड अजोड इन्स्योरेन्सले भविष्यमा कारोबारको दायरा बढाउँदै ग्राहक केन्द्रित बीमा सेवाको गुणस्तर सुधार गर्न प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्