Logo

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, यसरी दिन सकिन्छ आवेदन

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, यसरी दिन सकिन्छ आवेदन



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आवश्यक भन्दा बढी आवेदन आएपछि पहिलो चरणमा नै आईपीओको बिक्री बन्द गर्न लागिएको हो । आज साँझ ५ बजेपछि बिक्री बन्द हुन बताइएको छ ।

कम्पनीले गत असोज २१ गतेदेखि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त आईपीओमा साढे ७ लाख भन्दा बढीले आवेदन दिइसकेका छन् । कम्पनीको शेयर बिक्री प्रवन्धक भने एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तिय संस्थाहरु र मेरो शेयर मार्फत शेयर आवेदन दिन सक्नेछन् । अहिले कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ छ । आईपीओ बाँडफाँड पछि यसको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL