Logo

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा



काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल २२ लाख ५ हजार ८७१ आवेदकबाट २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयर खरिदका लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।

जसमा २१ लाख ९७ हजार ५८२ आवेदन सदर भएको छ भने ८ हजार २८९ आवेदन बदर भएको छ । सदर आवेदकबाट २ करोड ४४ लाख १२ हजार १७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये १ लाख २४ हजार ८९० जनालाई १० कित्ताका दरले १२ लाख ४८ हजार ९ सय कित्ता सेयर बाँडफाँट गरिएको छ भने बाँकी ४ कित्ता सेयर ४ जनालाई १/१ कित्ताका दरले बाँडफाँट गरिएको छ ।

कम्पनीले साउन २६ गतेदेखि साउन २९ गतेसम्म आम सर्वसाधारणका लागि १५ लाख ४ हजार ७०६ कित्ता सेयर निष्काशन गरेको हो ।

आईपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी वेबसाइटबाट हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धकको वेबसाइट :https://lscapital.com.np/ipo

२. मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट : https://iporesult.cdsc.com.np/

प्रतिक्रिया दिनुहोस्