Logo

शोधनान्तर स्थिति ६ खर्ब बचतमा, चालु खाता दोब्बरले वृद्धि

शोधनान्तर स्थिति ६ खर्ब बचतमा, चालु खाता दोब्बरले वृद्धि



काठमाडौं । शोधनान्तर स्थिति करिब ६ खर्ब बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ४ अर्ब ३७ करोडले बचतमा रहेको छ ।

यता, गत आर्थिक वर्षमा चालु खाता भने करिब दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्षमा ४ खर्ब ९ अर्ब २० करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्ष चालु खाता २ खर्ब २१ अर्ब ७१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षमा १ अर्ब ६७ करोडले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा ३ अर्ब १ करोडले बचतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्