Logo

पौने २७ खर्ब पुग्यो विदेशी विनिमय संचिति, १८ महिनाको वस्तु आयात धान्ने

पौने २७ खर्ब पुग्यो विदेशी विनिमय संचिति, १८ महिनाको वस्तु आयात धान्ने



काठमाडौं । गएको असार मसान्तसम्म नेपालको कुल विदेशी विनिमय संचिति २६ खर्ब ७७ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको बार्षिक तथ्यांकलाई आधार मान्दा गत आवको अन्त्यसम्म नेपालको विदेशी विनिमय संचिति पौने २७ अर्ब माथि पुगेको हो ।

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति गत आवमा ३१.२ प्रतिशतले वृद्धि भएको केन्द्रिय बैंकले जानकारी दिएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ४ करोड कायम भएको छ । २०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्