Logo

एशियन थाई फुड्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर नियुक्त

एशियन थाई फुड्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर नियुक्त



काठमाडौं । एशियन थाई फुड्स लिमिटेड तथा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच सेयर निष्कासन सम्बन्धमा निष्कासन तथा बिक्री प्रबन्ध सम्झौता भएको छ ।

सम्झौता हस्ताक्षरमा एशियन थाई फुड्सको तर्फबाट शिवरतन शारडा (अध्यक्ष), महेश जाजु (प्रबन्ध निर्देशक), राधेश्याम शारडा (कार्यकारी सञ्चालक) र आशीष जाजु (सञ्चालक) ले प्रतिनिधित्व गरेका छन् भने हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायव महाप्रबन्धक शंकर राजबाहकको प्रतिनिधित्व रहेको थियो ।

यस सम्झौताले एशियन थाई फुड्स लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्