Logo

लगातार कमजोर हुँदै नेपाली रुपैयाँ, एक बर्षमै २.६६ प्रतिशतले अवमूल्यन

लगातार कमजोर हुँदै नेपाली रुपैयाँ, एक बर्षमै २.६६ प्रतिशतले अवमूल्यन



काठमाडौं । पछिल्लो समय नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तग आर्थिक बर्ष २०८१/८२ को बार्षिक तथ्यांक अनुसार गत वर्ष मात्रै नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा २.६६ प्रतिशतले अवमूल्यन भएको छ ।

यो अवमूल्यन अघिल्लो वर्ष २०८१ असार मसान्तमा भएको १.६४ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढी हो । नेपाली मुद्राको यो कमजोरीले अन्तर्राष्ट्रिय व्यापार र विदेशी विनिमय बजारमा प्रभाव पार्ने देखिन्छ ।

तथ्याङ्कअनुसार, २०८२ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३७ पुगेको छ । यो वृद्धिले आयातलाई महँगो बनाउने र विशेषगरी तेल, प्रविधि, र अन्य डलरमा आधारित वस्तु तथा सेवाहरूको लागत बढाउने सम्भावना छ । नेपालको अर्थतन्त्रमा विप्रेषण र निर्यातमा आधारित बाह्य आयमा डलरको बलियो अवस्थाले सकारात्मक प्रभाव पार्न सक्ने भए पनि आयातमा निर्भरता रहेकाले उपभोक्ता मूल्यमा दबाब बढ्न सक्ने विज्ञहरूको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्