Logo

दुई दिन सार्वजनिक बिदा हुँदा सेयर बजार कति दिन खुल्छ ? के छ नेप्सेको तयारी ?

दुई दिन सार्वजनिक बिदा हुँदा सेयर बजार कति दिन खुल्छ ? के छ नेप्सेको तयारी ?



काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गर्यो । बुधबार मन्त्रिपरिषदका पछिल्ला निर्णय सुनाउँदै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले परिक्षणका लागि शनीबार र आईतबार बिदा दिने निर्णय भएको बताएका हुन् ।

laxmi

सार्वजनिक बिदा भएको दिन बैंक, वित्तीय संस्था, सरकारी कार्यालयलगायत सबै कार्यालयहरु बन्द हुन्छन् । हालसम्म शनिबार मात्रै हुँदै आएको सार्वजनिक बिदा आईतबारसम्म लम्बिने भएपछि सेयर बजारमा कारोबार भने कसरी हुन्छ भन्ने प्रश्न पैदा भएको छ ।

हाल साताको ५ दिन अर्थात आइतबारदेखि बिहीबारसम्म हुने नेप्सेको कारोबार शुक्रबार र शनिबार बन्द हुँदै आएको छ । अब दुई दिन सार्वजनिक विदा हुँदा भने लगातार ३ दिन सेयर बजार बन्द हुन्छ कि भन्ने सबैले अनुमान गरेका छन् ।

नेप्सेका एक अधिकारीका अनुसार कारोबारलाई शुक्रबारसम्मका लागि लम्ब्याउन सकिने सम्भावना छ । आइतबार र शनिबार सार्वजनिक बिदा भएपछि बैंक तथा वित्तीय संस्थाहरु खुल्दैनन् ।

यसो हुँदा नेप्से कारोबारमा पनि प्रभाव पर्छ र हिसाव फरफारकमा प्रत्यक्ष असर पर्ने भएकाले सार्वजनिक बिदाका दिन नेप्से खुल्दैन । तर, शुक्रबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत खुल्ने भएकाले त्यसदिन भने कारोबार हुन सक्ने सम्भावना रहेको उनले बताए ।

धितोपत्र कारोबार संचालन विनियमावलीले नेप्से आफैले कारोबार समय तोक्न सकिने व्यवस्था गरिदिएको छ । सोही अनुसार नेप्सेले निर्णय गर्न सक्ने अवस्था त रहन्छ । तर, हालसम्म के गर्ने भन्ने निर्णय भईनसकेको ति अधिकारीले बताए । तर, नेप्सेको कारोबार दिन घटाउनुभन्दा शुक्रबारसम्म लम्ब्याउन सकिने अवस्था प्रवल रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL