Logo

बजारमा सस्तोमा सेयर बेच्न होडबाजी, लगानीकर्ता अत्तालिँदा एकैपटक १०० अंकको गिरावट

बजारमा सस्तोमा सेयर बेच्न होडबाजी, लगानीकर्ता अत्तालिँदा एकैपटक १०० अंकको गिरावट



काठमाडौं । सोमबार नेप्से परिसुचकमा ९९.८६ अंकको गिरावट आएको छ । नेप्से परिसुचकले २२ सय अंकबाट उकालो गतिलिएसँगै पहिलो पटक १ सयभन्दा बढी अंकको गिरावट आएको छ । सोमबार बजार खुलेदेखि नै गिरावट आउन थालेको थियो । तर, पछिल्लो समय लगानीकर्ताले सस्तो मुल्यमै सेयर बिक्रीमा राख्न थालेपछि नेप्से परिसुचक उच्च अंकले घट्न पुगेको हो ।

laxmi

नेप्से प्रि ओपनिङमा दोहोरो अंकले बढेको थियो । तर, पछिल्लो समय बजारमा खरिदकर्ता हुँदा पनि लगानीकर्ताले सस्तो मुल्यै सेयर बिक्रीका लागि राख्न थालेपछि नेप्से परिसुचकमा उच्च गिरावट आएको हो ।

‘नेपालको सेयर बजार फण्डामेन्टल्लीभन्दा पनि लगानीकर्ताको मनोविज्ञनमा चल्दै आएको छ,’ एक लगानीकर्ताले भने, ‘केही दिनअघिसम्म बैशाखमा चुनाव हुने हल्लाले बजार उचालिएको थियो तर हिजोदेखि चुनाव हुने सम्भावना टरेको भन्दै पुनः लगानीकर्ताले आफुसँग भएको सेयर सस्तो मुल्यमा फाल्न थालेका छन् ।’

सोमबार १ सयभन्दा बढी अंकले घटेको बजारमा सबै उपसमुहहरुमा उच्च गिरावट आएको छ । जसमा फाइनान्स, विकास बैंक र जलविद्युतमा भने सबैभन्दा बढी गिरावट आएको छ । बजार उच्च अंकले घट्दै २८२० अंकमा झरेपनि कारोबार रकमले भने साथ दिएको छ । बजारमा उच्च गिरावट आउँदा ८ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमा २२८ कम्पनीको १ करोड ७० लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL