Logo

दशैँ पछिको पहिलो दिन नेप्सेमा हरियाली, उचालिँदै बैंकिङ समुह

दशैँ पछिको पहिलो दिन नेप्सेमा हरियाली, उचालिँदै बैंकिङ समुह



काठमाडौं । दशैँ पछिको पहिलो दिन बजार खुल्दा नेप्से परिसुचक बढ्न पुगेको छ । बजार खुलेको १५ मिनेटमा बजार १५ अंकले उकालो लागेको छ । लगानीकर्ताहरु उच्च मूल्यको सेयरभन्दा पनि कम मूल्यका सेयरमा झुम्मिदा बजार दोहोरो अंकले बढ्न पुगेको हो ।

बजार खुलेको १० मिनेटमा दोहोरो अंकले बढेको बजारमा प्रायःजसो समुहका परिसुचक उकालो लागेको छ । जसमध्ये बैंक र उत्पादनमुलक समुहको परिसुचक सबैभन्दा बढी बढ्न पुगेको छ ।

कम्पनीगतरुपमा सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर मूल्य उच्च बढ्न पुगेको छ । सो कम्पनीको सेयर करिव १० प्रतिशतले बढ्दा सिटिजन्स बैंकको पनि ५ प्रतिशतले उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL