Logo

सेयर बजारमा लगानी गर्न सही कम्पनी कसरी छान्ने ? यस्ता छन ५ नियम

सेयर बजारमा लगानी गर्न सही कम्पनी कसरी छान्ने ? यस्ता छन ५ नियम



काठमाडौं । जुनसुकै क्षेत्रमा पनि दीर्घकालिन फाईदा दिनसक्ने कुनै पनि कम्पनीमा लगानी गर्नु लगानीकर्ताको प्रमुख प्राथमिकता रहन्छ । लगानी गर्नका लागि कुनै सही कम्पनी छान्नु भनेको घर बनाउँदा त्यसको जग बलियो बनाउनुुजस्तै हो ।

laxmi

यसरी सही कम्पनी छान्ने धेरै किसिमका प्यारामिटरहरु हुन्छन् । तपाईँ आफ्नो एक गल्तीले कुनै नराम्रो कम्पनीमा लगानी गरेको खण्डमा ठुलो नोक्सान व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । कुनै नयाँ लगानीकर्ता अर्थात सेयरमा लगानी गर्न तत्पर लगानीकर्ताका लागि बजारको घटबढ डरको विषय हुनसक्छ । तर, बजारको वास्तविक बढाई र घटाईलाई विश्लेषण गर्न मुख्य २ कुराहरु जान्नु आवश्यक हुन्छ ।

१) इन्डेक्स फण्ड तथा एक्सेन्ज ट्रु रेटेड फण्डहरु ः यी फण्डहरुलाई सुरक्षित फण्ड मानिन्छ जसमा रिस्क एकदमै न्यून हुन्छ । बजारमा कुनै कम्पनीमा लगानी गर्नुपरेको खण्डमा कुन कम्पनीमा जोखिम बढि छ या कुनमा जोखिम कम छ भनेर सूचित गराउने काम यी फण्डहरुले दर्शाउँछन् ।

२) सही चित्रण गरिएको लगानी पोर्टफोलियो ः एक सहि संस्थागत लगानी पोर्टफोलियो न इक्वीटीसँगा उच्च गतिमा बढ्छ न सुधारका साथ उच्च गतिमा घट्छ । तर तपाईँलाई सँधै स्टक मार्केटमा मूल्य बढेको बेलामा बेच्न र घटेको बेलामा खरिद गर्नसक्ने सुविधा भने उपलब्ध हुन्छ ।

लगानीका लागि कुनै राम्रो कम्पनी छनोट गर्नका लागि तलका ५ नियम पछ्याउनु आवश्यक मानिन्छ :

नियम १ : तपाइँले यस्तो सेयरमा लगानी गर्नुस जुन कम्पनीको विजनेस मोडल प्रभावकारी, दीर्घकालीन र बुझ्न सजिलो होस । अन्तरराष्ट्रिय मार्केट अनुसार स्टारबक्स, म्याकडोनाल्ड र एप्पल कम्पनीको सेयर नियम १ अन्तर्गत पर्दछन् ।

नियम २ : जहिले पनि भविष्यमा राम्रो प्रतिफल दिनेवाला कम्पनीको सेयरमा मात्रै लगानी गर्नुपर्छ । उच्च मान्यताप्राप्त र स्थापित कम्पनीहरु यसका उदाहरणहरु हुन् ।

नियम ३ : कुनै कम्पनीको सेयरमा लगानी गर्नुपूर्व उक्त कम्पनीको वित्तीय स्वास्थ्यको उत्तिकै मात्रामा आँकलन गर्नुपर्छ । जसमा वित्तीय विवरण, वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदनलगायतलाई विशेष ध्यान दिनु जरुरी मानिन्छ । यस्तै कम्पनीको राजस्व, अन्य कम्पनीसँग कर्जालगायतका विषयहरुलाई विशेष ध्यान दिनुपर्छ । जसका आधारमा भविष्यमा कम्पनीले गर्ने वृद्धिको भविष्यवाणी आफै गर्न सकियोस ।

नियम ४ : सकेसम्म सानो पूँजी भएका कम्पनीको सेयरमा लगानी नगर्नु नै राम्रो मानिन्छ । त्यसैले मध्यम र उच्च पुँजी भएका कम्पनीको सेयरलाई रोजाउमा राखिनुपर्छ । तर सानो पूँजी भएका कम्पनीमा लगानी गर्नुहुँदै भन्ने अनिवार्य पनि छैन । सानो पूँजी भएका कम्पनीको सेयर फाईदाजनक भएका् खण्डमा यसमा लगानी गर्न पनि सक्नुहुन्छ ।

नियम ५ : तपाई सेयर लगानी गर्न ईच्छुक हुनुहुन्छ भने लाभांस वितरण गरिराख्ने कम्पनीहरुलाई विशेष जोड दिनुहोस । तर, गुगलले कहिल्यै पनि लाभांस वितरण नगर्ने भएपनि यो एक स्थापित र बलियो कम्पनी हो । यसमा लगानी गर्नु फाईदाजनक हुन्छ भन्ने थाहा हुन्छ । त्यसैले लाभांस दिने कम्पनीको सेयरमा विशेष जोड दिएपनि अन्य स्थापित कम्पनीहरु जो लाभांस दिँदैनन् तिनिहरुसँग पनि डराउनु भने हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
MBL