Logo

किन झुम्मिन थाले कम मूल्यका बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानीकर्ता, यस्तो छ कारण

किन झुम्मिन थाले कम मूल्यका बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानीकर्ता, यस्तो छ कारण



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुतर्फ लगानीकर्ताहरु झुम्मिदा सेयर कारोबार रकममा उछाल आएको छ भने मूल्यमा भने बढोत्तरी देखिन थालेको छ । अघिल्लोे हप्ताभर दैनिक १० अर्बमाथिको कारोबार भएकोमा यस हप्ताको आइतबार पनि झण्डै १२ अर्बको रेकर्ड कारोबार भएको छ । कारोबार रकमलाई नियाल्दा अन्य काम नभएपछि उद्यमी व्यापारी लगायत केही सानो रकम पैसा हुनेहरु पनि बजारतिर आकर्षित भएको अनुमान गर्न कठिन छैन ।

laxmi

अघिल्लो त्रैमासिकमा केही बैकहरुले अन्य आम्दानीका स्रोत नभएपछि सेयरमा लगानी बढाएका थिए । उनीहरु त्रैमासिक नाफा बुक गर्नका लागि अल्पकालीनरुपमा बजारमा लगानी गर्ने गर्छन् । अहिले त्यही पुरानो नाफाको रकमबाट पल्किएर उनीहरुले पनि लगानी बढाएको समाचार सूत्रहरुको दाबी रहेको छ ।

अहिले विशेषगरी लघुवित्त कम्पनीहरु र जलविद्युत कम्पनीहरुबाट लगानीकर्ताहरु कम मूल्य भएका विकास बैंक र वाणिज्य बैंकहरुतिर झुम्मिन थालेका छन् । सबैभन्दा बढी प्रतिफल दिने अर्थात गत चैतको नतिजा अनुसार प्रतिशेयर आम्दानी बढी भएका मध्यमस्तरका बैंकहरु सिद्धार्थ, सानिमा, प्राइम, प्रभू, मेगा, कुमारी, नेपाल बैंक तथा यसभन्दा कम प्रतिसेयर आम्दानी भएपनि मूल्य कम भएका बैंकहरुमा पनि लगानीकर्ताहरुको आकर्षण देखिएको छ । यी बैंकका सेयरमूल्यहरु अझै पनि अण्डरप्राइस रहेका छन् ।

आजको लगानीबाट जति ब्याज तिरेपनि कर्जा सापट लिएर लगानी गर्दा बढी प्रतिफल आउने देखिएको छ । त्यसैले साना बैंकहरुमा कसैसँग एक्विजिसनमा गैहाल्छन् र अल्पकालीन फाइदा भैहाल्नेछ भन्ने अनुमानमा मूल्य बढाएका छन् भने मध्यम मूल्यका बैंकहरुमा भने प्रतिफलले नै मूल्यलाई जस्टिफाई गरिरहेको लगानीकर्ताहरु बताउँछन् । बजारमा ठूलो रकमको कारोबार भैरहेकोले कारोबार मापक नेप्सेले दिन प्रतिदिन रेकर्ड कायम गरिरहेको छ ।

बजारमा ड्राइ आउट गरेर सेयरको मूल्य बढाउने प्रवत्ति पनि ब्यापक रहेको छ । निषेधाज्ञा भएर नयाँ कर्जा विस्तार र आम्दानीका नयाँ स्रोत नभेटेपछि केही बैंक तथा वित्तीय संस्थाहरु फेरि असारको वासलातमा नाफाको हिस्सा बढाउन सक्रिय देखिएका छन् । ठूला लगानीकर्ताहरुसँग मिलेर उनीहरु सेयर बजारमा दोहोरो लगानी बढाइरहेका छन् । एक बैंकरका अनुसार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेर बजारलाई केही नियन्त्रण गर्ने सन्देश दिएको राष्ट्र बैंकले पनि अहिले बैंक तथा वित्तीय संस्थाहरुसँग सेयरमा भएको लगानीबारे विवरणहरु माग्न थालेको छ । उसले सुक्ष्म निगरानी पनि गरिरहेको छ र कुनैपनि बेला सर्कुलरमार्फत अथवा आगामी मौद्रिक नीतिमार्फत बढ्दो बजारलाई नियन्त्रण गर्ने संभावना पनि छ । तर अर्थमन्त्री बजार घट्ने कुनै नीति नल्याउन सचेत रहेकोले बजारमा लगानीकर्ताहरु ढुक्क देखिएका छन् । नयाँ सरकार आएको खण्डमा राष्ट्र बैंक बजार उपर फरक ढंगले प्रस्तुत हुन सक्ने संभावना पनि त्यतिकै बलियो छ ।

चैतको मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले सेयर कर्जाको अनुपातलाई ६० प्रतिशतमा झार्नलाई गम्भीर छलफल गर्याे तर कार्यान्वयनमा ल्याउन सकेन । कोर क्यापिटलको सीमालाई पनि चलाउने कि भन्ने छलफल भयो तर त्यो पनि गर्न सकेन । यसमा लगानीकर्ताको दबाबले पनि काम गरेको एक लगानीकर्ताको भनाई रहेको छ । त्यसैले अहिलेलाई कर्जा पाउने औषत मूल्यको समयसीमालाई १२० दिनबाट बढाएर १८० दिन कायम गरी राष्ट्र बैंक पन्छियो ।

सेयरको मूल्य बढाएर बढी कर्जा लिने प्रवृत्ति पनि अहिले निकै बढेको देखिएको छ । राष्ट्र बैंकको मूल्य नियन्त्रण गर्ने उपकरण ७० प्रतिशत कर्जा दिन पाउने व्यवस्था पनि मूल्य तेब्बर वृद्धिपछि उपलब्धिमुलक नबनेको देखिएको छ । त्यसैले कोर क्यापिटलको सीमालाई नै चलाउनुपर्ने देखिएको छ ।

राजनीतिक अस्थिरता र कोभिडको महामारी खतरनाक बन्दै गएपछि यस क्षेत्रमा जोखिम बढेर उच्चतहमा पुगेकोले लगानीकर्ताहरुले सावधानीपूर्वक नै लगानी गर्नुपर्ने देखिन्छ । किनकि खेलाडीहरु त नयाँ नयाँ तरिका अपनाई सेयर विक्री गरी बाहिर निक्लिहाल्छन् अथवा नाफा बूक गरिहाल्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL