Logo

नेपाल फाइनान्सको एकैपटक ८ ओटा वार्षिक साधारणसभा सम्पन्न, १ः१.७५ हकप्रदको प्रस्ताव पारित

नेपाल फाइनान्सको एकैपटक ८ ओटा वार्षिक साधारणसभा सम्पन्न, १ः१.७५ हकप्रदको प्रस्ताव पारित



काठमाडौं । नेपाल फाइनान्सले एकैपटक ८ ओटा वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आज २० देखि २७ औं बार्षिक साधारण सम्पन्न गरेको हो ।

laxmi

कोभिड १९ जस्तो महामारीको बाबजुत सम्पूर्ण शेयरधनीहरुको भौतिक तथा अभौतिक (भच्र्युअल) माध्यमबाट संस्थाको केन्द्रिय कार्यालय कमलादी काठमाण्डौंमा उक्त साधारणसभा गरेको हो । सो साधारणसभाले संंस्थाको अधिकृत पूजी १ अर्ब र जारी तथा चुक्ता पूजी ८४ करोड २ लाख बनाउने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पुर्याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको हो ।

केही समय अघि संस्थाले हकप्रदबाट ८४ करोड २ लाख ६५ हजार चुक्ता पूँजी पुर्याउनका लागि १ः१.७५ बराबरको हकप्रद सेयर जारी गर्न गरेको विषेश प्रस्ताव आज भएको साधारणसभाले पारित गरेको छ । संस्थाको मिति २०७४ फागुन २९ गते सम्पन्न भएको बिशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १ः१.२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ । जस अन्र्तगत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको छ ।

हाल संस्थाको सुधार कार्यक्रम अन्तर्गत केहि अत्यावश्यक भौतिक सामाग्रीहरु परिवर्तनका साथै आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको छ । अव आउने दिनहरुमा संस्थालाई आधुनिकिकरण गर्दै लैजाने रणनिति लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL