Logo

निषेधाज्ञामा पनि सेयर बजारमा यस कारण बढ्दैछ रौनक, अनलाईनबाटै दैनिक २ अर्ब माथिको कारोबार

निषेधाज्ञामा पनि सेयर बजारमा यस कारण बढ्दैछ रौनक, अनलाईनबाटै दैनिक २ अर्ब माथिको कारोबार



काठमाडौं । सरकारले लगाएको निषेधाज्ञाका कारण सेयर बजार घट्ने प्रक्षेपण गरिरहँदा ठिक त्यसको विपरिसत नेप्से परिसुचक उकालो लागेको छ ।

laxmi

अघिल्लो दिन आईतबार पनि दोहोरो अंकले बढेको बजार सोमबार २१ अंकले बढ्न पुगेको छ । पछिल्लो समय बजारमा भएको उच्च तरलता तथा ब्याजदर समेत सस्तो भएका कारण सेयर बजारमा लगानीकर्ताहरु भित्रन् क्रम बढेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

पछिल्लो समय कोरानाको कारण ट्राभल टुरिजम तथा अन्तयराष्ट्रि ब्यापार समेत ठप्प भएका कारण सो क्षेत्रमा संलग्न व्यवसायीहरु समेत सेयर बजारमा प्रवेश गरेका कारण नेप्पे परिसुचक उकालो लाग्नुका साथै कारोबार रकम समेत बढेको एक लगानीकर्ताले जानकारी दिए । साथै बजारमा ठूला भन्दा पनि साना कम्पनीका सेयरमा कर्नरिङको खेल सुरु हुँदा बजार लगानीकर्ताको सोचभन्दा कोरोना कहरमा पनि वृद्धि हुन पुगेको ती लगानीकर्ताले जानकारी दिए ।

यसैगरी बजारमा कोरोबार रकम पनि उच्च रुपमा वृद्धि भएको छ । निषेधाज्ञाको सुरुका दिनमा ३०/४० करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज (सोमबार) २ अर्ब १३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । पछिल्लो समय अनलाईन कारोबार गर्ने लगानीकर्ताको संख्या बढेसँगै निषेधाज्ञा भएपनि सेयर कारोबार बढ्न पुगेको हो ।

हाल ६० हजार भन्दा बढी लगानीकर्ताले अनलाईनबाट सेयर खरिदबिक्री गर्न युजर र पावर्ड लिइसकेका छन् । बजारमा दैनिक सेयर कारोबार गर्ने सबै लगानीकर्ताले अनलाईनको युजर पासवर्ड लिएको र सेयर खरिदबिक्री वापतको जतिपनि भुक्तानी अनलाईनबाटै गर्न सकिने भएका कारण बजारमा सेयर कारोबार बढ्न पुगेको हो ।

सोमबार बजारमा सबैभन्दा बढी रिइन्स्योरेन्क कम्पनीको सेयर खरिदबिक्री भएको छ । बजारमा सुचिकृत भएदेखि नै लगानीकर्ताले उच्च खरिदबिक्री आएको सो कम्पनीको सोमबार सेयर मूल्य बढ्दै १९ करोड ३७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । तर आज बजारमा उच्च कमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर, नेपाल फाइनान्स, घलेम्दी हाइड्रोजस्ता कम्पनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL