Logo

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ९ अर्बमा सीमित

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ९ अर्बमा सीमित



काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से परिसुचक आज अन्तिम समयमा उच्च अंकले घट्न पुगेको हो ।

आज कुल ३ सय २५ कम्पनीका २ करोड २२ लाख ७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ माथि पुगेको छ । यसअघिका कारोबार दिन १० अर्ब नाघ्ने गरेको कारोबार रकम आज भने ९ अर्बमै सीमित भएको हो ।

आज कारोबारमा आएकामध्ये २ सय ४ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ४६ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

आज सेयरमूल्य बढेकामध्ये समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्त कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । आज लघुवित्त र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्