Logo

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँ नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँ नियुक्त



काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

बानियाँले कांग्रेस र नेकपा एमालेका गरी ६४ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । दुईपटक संघीय सरकारमा राज्यमन्त्री भइसकेका उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्