Logo

डिशहोमले सार्वजनिक गर्याे भर्चुअल प्रिभिलेज कार्ड, विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट

डिशहोमले सार्वजनिक गर्याे भर्चुअल प्रिभिलेज कार्ड, विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट



काठमाडौं । डिशहोमले आफ्ना सक्रिय ग्राहकहरूलाई लक्षित गर्दै नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको छ । माइ डिशहोम एपमार्फत उपलब्ध यो कार्ड प्रयोग गरी ग्राहकहरूले देशभरका विभिन्न होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार प्रारम्भिक चरणमा १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश गरिएका छन् । ती साझेदार ब्रान्डहरूमार्फत ग्राहकहरूलाई विभिन्न आकर्षक छुट र अफर उपलब्ध गराइनेछ ।

साझेदार ब्रान्डहरूमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, सिद्धार्थ हस्पिटालिटी ग्रुप अन्तर्गतका होटल, रिसोर्ट, कटीज र क्याफेहरू, होटल ले हिमालय (काठमाडौं), लेक साइड रिट्रिट (पोखरा), इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स (हरकपुर, मौलाकाली, बाग्लुङ), मेलुङ ठकाली (सबै आउटलेट), साकी एण्ड फेङ रेस्टुरेन्ट (काठमाडौं), लुम्बिनी केबलकार (बुटवल), मौलाकाली केबलकार (गैडाकोट, चितवन), तथा अचार घर (कमलपोखरी र कुपन्डोल) समावेश छन् ।

डिशहोमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले भने, ‘भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।’

कम्पनीले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्डहरूलाई नेटवर्कमा समावेश गर्ने योजना बनाएको छ । थप ब्रान्ड तथा छुटहरूको जानकारी ग्राहकहरूले माइ डिशहोम एप डाउनलोड गरी प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले एपमा रहेको कार्ड देखाएर सम्बन्धित आउटलेटहरूमा छुट पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्