Logo

सेयर बजार सुधारमा सेबोनको नीति तथा कार्यक्रम, साना कम्पनीको सेयर कारोबारमा छुट्टै व्यवस्था (पुर्णपाठसहित)

सेयर बजार सुधारमा सेबोनको नीति तथा कार्यक्रम, साना कम्पनीको सेयर कारोबारमा छुट्टै व्यवस्था (पुर्णपाठसहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा साना तथा मझौला कम्पनीहरुको छुट्टै कारोबार हुने व्यवस्था गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले प्रस्तुत गरेको चालु आर्थिक वर्षको धितोपत्र तथा बस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममा साना तथा मझौला कम्पनीहरुको छुट्टै कारोबार हुने गरी एएमई प्लेफर्मको व्यवस्था गरीने जानकारी दिएका हुन् ।

laxmi

यस्तै उनले धितोपत्र बजारमा ग्राहक परिचय विवरणको प्रभावकारी व्यवस्थापनका गरिने उनले बताए । त्यसको लागि सिडिएस एण्ड क्लियरिङ् लिमिटेड (सीडीएससी) मार्फत् एकीकृत ग्राहक परिचय विवरण व्यवस्थापनको व्यवस्था मिलाउने बोर्डको योजना रहेको छ ।

बोर्डले सेयरबजार सुधारका लागि विभिन्न सेवासुविधासहितको कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

यस्तै बोर्डको नीति तथा कार्यक्रममा यो वर्ष पनि बुक विल्डिङ्‌मा आईपीओ जारी गर्ने व्यवस्थाले निरन्तरता भएको छ । “धितोपत्रको सार्वजनिक निष्कासनमा स्वतन्त्र मूल्य निर्धारण हुने व्यवस्था मिलाउन आवश्यक निर्देशिका बनाएर बुक विल्डिङ्‌ प्रणाली लागु गरिनेछ, ” बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ । नीति तथा कार्यक्रमको पुर्णपाठका लागि यहा क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
MBL