Logo

अजोड ईन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन खुल्यो, १० देखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने

अजोड ईन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन खुल्यो, १० देखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने



काठमाडौं । अजोड ईन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा आजैदेखि आवेदन खुला गरिएको । कम्पनीको विक्री प्रबन्धक एनआईबीएलएस क्यापीटलका अनुसार ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओको आवेदन खुला गरिएको हो ।

laxmi

एनआईबीएलएसका अनुसार कम्पनीले ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि छुट्याएको छ भने १ लाख ५० हजार कित्ता कर्मचारी संचयकोषका लागि छुट्याएको छ ।

यस्तै कम्पनीले बाँकी २७ लाख २० हजार कित्ता सेयर भने सर्वसाधारणका लािग छुट्याएको हो । उक्त आईपीओमा छिटोमा असार २९ र ढिलोमा साउन ८ सम्म आवेदन दिन सकिनेछ । जसमा सर्वसाधारणले १० देखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL