Logo

युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जरलाई अन्तिम स्वीकृति, एकीकृत कारोबार जेठ २१ गतेदेखि

युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जरलाई अन्तिम स्वीकृति, एकीकृत कारोबार जेठ २१ गतेदेखि



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ। सेबोनले जेठ ८ गते दुवै कम्पनीलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।

मर्जरपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्नेछन्। यी दुई कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति प्रदान गरिसकेको छ ।

यी दुवै कम्पनीले गत वैशाख २५ गते बसेको विशेष साधारणसभाले युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई स्वीकृत गरिसकेको छ। युनाइटेड र अजोड इन्स्योरेन्स सेयर स्वाप रेसियो १००ः८२.५ मर्ज भएका हुन्। दुवै कम्पनीको एकीकृत कारोबार जेठ २१ गतेदेखि सुरु हुने भएको छ ।

गत पुस २७ गते दुई कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । प्रारम्भिक सम्झौतापत्रमा अजोडका सञ्चालक चिरञ्जिवी दावा र युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्तले हस्ताक्षर गरेका हुन्। मर्जरपछि कम्पनीको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठ बन्ने छन् भने सीईओ युनाइटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट हाल आइएमई प्रुडेन्सियलमा डेपुटी सिईओ रहेका श्रवण रावल बन्नेछन् ।

हाल युनाइटेडको चुक्ता पूँजी एक अर्ब दुई करोड रहेको छ भने अजोडको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ ।मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको सुन्धारामा रहनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL