Logo

युनाइटेड अजोडले घोषणा गर्‍यो ११ प्रतिशत लाभांश, १०.२६ प्रतिशत बोनस सेयर

युनाइटेड अजोडले घोषणा गर्‍यो ११ प्रतिशत लाभांश, १०.२६ प्रतिशत बोनस सेयर



काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयर धनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको २२ औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

laxmi

सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १०.२६१२ प्रतिशत बोनस सेयर र ०.५४०१ प्रतिशत नगद लाभांश (कर प्रयोजन) का लागि वितरण गर्नेछ । कम्पनीले चुक्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गर्नुपर्ने छ । यस्तै, कम्पनीको आगामी वार्षिक साधारणसभाबाट समेत पारित हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL