Logo

अजोड र युनाईटेड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी २ अर्ब ७ करोड ९५ लाख पुग्यो

अजोड र युनाईटेड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी २ अर्ब ७ करोड ९५ लाख पुग्यो



काठमाडौ । अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सको आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ । यी दुवै कम्पनी एक आपसमा गाभिएर युनाईटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालनी गरेका हुन् ।

अजोड र युनाइटेडबीच गत पुस २७ गते मर्जर सहमति भएको थियो । प्रभुसँग मर्जर सहमती भाँडिएपछि अजोडले युनाइटेडसँग नयाँ मर्जर सहमति गरेको थियो । नेपाल बीमा प्राधिकरणले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृत दिएपछि एकीकृत कारोबार सुरु गरेका हुन् ।

युनाईटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७ करोड ९५ लाख रुपैयाँ पुग्नेछ । युनाईटेडको चुक्ता पुँजी १ अर्ब ७ करोड ९५ लाख रुपैयाँ र अजोडको १ अर्ब रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL