Logo

बोर्डले तयार पार्यो आईपीओ निष्काशनमा बुक विल्डिङको कार्यविधी, यसरी तय हुन्छ मुल्य

बोर्डले तयार पार्यो आईपीओ निष्काशनमा बुक विल्डिङको कार्यविधी, यसरी तय हुन्छ मुल्य



काठमाडौं । अबका दिनमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्दा बुक विल्डिङ विधि लागू गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्नको लागि कार्यविधिको मस्यौदा तयार पारेर सम्बद्ध सरोकारवालाहरुसँग सल्लाह सुझावको माग गरेको छ । बोर्डले अबका दिनमा आईपीओ निष्काशन गर्दा बुक विल्डिङ्ग विधिबाट आईपिओको मूल्य सीमा कसरी निर्धारण गर्ने, कसरी मूल्य तय गर्ने लगायतका ब्यबस्था समावेश गरेर सरोकारवालासँग सुझाव माग गरेको हो ।

laxmi

धितोपत्र बोर्डले सुरुमा संस्थागत लगानीकर्ताले खरिद आशय मूल्यसहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा आफ्नो सुझाव दिन सक्ने उल्लेख गरेको छ । जुन पाँच योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त गर्नुपर्ने बोर्डको मस्यौदामा उल्लेख छ ।

योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको औषत मूल्य गणना गर्नु पर्नेछ । औषत आशय मूल्य गणना गर्दा पूर्ण अंकमा नआएमा नजिकको पूर्ण अंकलाई औषत मूल्य मान्नुपर्दछ । औषत आशय मूल्य गणना भएपश्चात् निष्काशनकर्ता कम्पनी र निष्काशन तथा विक्री प्रबन्धकले धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्नुपर्नेछ ।

धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्दा माथिल्लो सीमा संस्थागत लगानीकर्ताबाट प्राप्त औषत आशय मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा संस्थागत लगानीकर्ताबाट प्राप्त औषत आशय मूल्यमा २० प्रतिशत घटाउदा हुने मूल्य कायम गर्नुपर्ने मस्यौदामा उल्लेख छ । त्यसपछि धितोपत्रको बिक्री मूल्य सीमा उल्लेख भएको विवरणपत्र स्वीकृतिका लागि बोर्डसमक्ष निवेदन दिनुपर्नेछ । यसरी पेश भएको निवेदन र अन्य कागजातको अध्ययन गरी उपयुक्त देखिएमा उक्त धितोपत्र दर्ता गरी बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार पारेको विवरणपत्र प्रकाशन गर्न बोर्डले स्वीकृति प्रदान गर्नेछ ।

धितोपत्रको मूल्य निर्धारण गर्दा विवरणपत्र प्रकाशन गर्न बोर्डबाट स्वीकृति प्राप्त भएको एक महिनाभित्र निष्काशन तथा बिक्री प्रवन्धकले योग्य संस्थागत लगानीकर्ताहरुलाई बोलकबोलमा सहभागी हुन आव्हानपत्र प्रकाशन गर्नुपर्ने समेत उक्त मस्यौदामा उल्लेख छ । योग्य संस्थागत लगानीकर्ताले बोलकबोलका लागि आवेदन गर्दा बिक्री मूल्य सीमाभित्र आफूले लिन चाहेको धितोपत्रका लागि आवेदा पेश गर्नुपर्ने भने बोलकबोल शुरु भएको चार कार्य दिनसम्म खुला राख्नुपर्नेछ र आवश्यक भएमा बोर्डको स्वीकृति लिई बोलकबोलको समयावधि थप गर्न सकिनेछ । योग्य संस्थागत लगानीकर्ता प्रत्येकले निष्काशन हुने धितोपत्रको १० प्रतिशतभन्दा बढी धितोपत्रकोलागि प्रस्ताव पेश गर्न पाइने छैन ।

निष्काशन कम्पनीसँग कुनै स्वार्थ बाझिने भएमा योग्य संस्थागत लगानीकर्ता बोलकबोल प्रक्रियामा सहभागी हुन पाउने छैन । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको शत प्रतिशत रकम तोकिएको बैंक खातामा जम्मा गनुपर्दछ ।

यस्तो छ कार्यविधी :

प्रतिक्रिया दिनुहोस्
MBL