Logo

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्ड अध्यक्ष छनौटका लागि गठन भएको सिफारिस समितिले मन्त्रिपरिषद् समक्ष ढुंगाना, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशन निरज गिरी र डा. केशब श्रेष्ठको नाम सिफारिस गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैंठकले तीन जनामध्ये ढुंगानालाई अध्यक्षमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट ३० बर्षे कार्यकालका कारण कार्यकारी निर्देशक पदबाट बाहिरिएका ढुङ्गाना केही समयअघि मात्रै बोर्डको विज्ञ संचालकमा नियुक्त भएका थिए । उनी नेपाल धितोपत्र विनिमय बजारमा तीन वर्ष सञ्चालक समिति सदस्य समेत भएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र बेलायतबाट विजनेश फाइनान्समा एमबीए गरेका छन् । नवनियुक्त अध्यक्ष ढुंगानाले नेपालको पूँजी बजार सुधारका लागि ४ बर्ष बोर्डको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL