Logo

शिवम् सिमेन्टद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाई, सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध

शिवम् सिमेन्टद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाई, सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध



काठमाडौं । हालैका जेनजी आम्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ ।

कम्पनीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाई गर्नुका सार्थ दैनिक कार्य संचालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेका हुन् ।

कम्पनीका अनुसार, वर्तमान विषम् परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै, आगामी दिनहरुमा समेत निरन्तर श्रमदान तथा सरसफाई कार्यक्रम संचालन गर्ने जनाएको छ । शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र शहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।

वर्तमान परिस्थितिमा समुदाय र शहरको पुन निर्माणको लागि सहयोग र श्रमदान गर्नु हाम्रो कर्तव्य हो । हामी आफ्नो सामाजिक जिम्मेवारी अनुसार काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहनेछौं ।

प्रतिक्रिया दिनुहोस्