Logo

होटल र उत्पादनमुलक समुहमा झुम्मिए लगानीकर्ता, दिनभर उतारचढाव भएको बजार अन्तमा सामान्य बढ्यो

होटल र उत्पादनमुलक समुहमा झुम्मिए लगानीकर्ता, दिनभर उतारचढाव भएको बजार अन्तमा सामान्य बढ्यो



काठमाडौं । केही समय बैंक तथा वित्तीय समुहको सेयरमा झुम्मिएका लगानीकर्ता पछिल्लो समय उत्पादनमुलक तथा होटलजस्ता समुहमा आकर्षण बढेको छ ।

साताको पहिलो दिन बजारमा बैंक, विकास बैंक लगायतका समुहका परिसुचक ओरालो लागेपनि होटल तथा उत्पानमुलक समुहको परिसुचक भने उच्च रुपमा बढ्न पुगेको छ । आईतबार होटल समुहको परिसुचक १ सय अंकले बढ्दा उत्पादनमुलक समुहको परिसुचक ९९ अंकले उकालो लागेको छ ।

दिनभर उतारचढाव भएको बजार अन्तिम समयमा ३ अंकले बढ्दा दोस्रो बजारमा ६६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कुल ८४ करोड ८१ लाख रुपैयाँ बजारको सेयर खरिदबिक्री भएको बजारमा सानिमा बैंकको संस्थापक सेयरको कारोबार १६ करोड ४५ लाख रुपैयाँभन्दा बढीको रहेको छ ।

यसैगरी बजारमा निर्जीवन बीमा कम्पनीको सेयरमा पनि लगानीकर्ताको आकर्षण बढेको छ । सो समुहका कम्पनीले भर्खरै मात्र लाभांश घोषणा गरेकाले पनि लगानीकर्ताको आकर्षण बढ्न पुगेको सम्बद्ध लगानीकर्ताले जानकारी दिएका छन् ।

आईतबार कारोबार रकमको आधारमा शिवम् सिमेन्ट, सगरमाथा इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, ओरियन्टल होटललगायतका कम्पनी अगाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL