Logo

साढे ६ अंकले बढ्यो, सवै समुह हरियो

साढे ६ अंकले बढ्यो, सवै समुह हरियो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१७ चैत,काठमाडौं । करिव डेढ सातापछी मंगलवार नेप्से परिसुचक उकालो लागेको छ । सो दिन नेप्से ६ दशमलव ६४ अंकले बढेको छ ।

सोमबार ३ दशमलव २० अंकले घटेको नेप्से सो दिन ९ सय ४५ अंकमा पुगेर बजार बन्द भएको छ । मंगलवार कारोवारमा आएका मध्य सवै समुहको परिसुचक बढेको कारण समग्र नेप्से बजार बृद्धि भएको हो । सो दिन ५ लाख ४१ हजार कित्ता सेयर किनबेचबाट १६ करोड ६३ लाखको कारोवार भएको छ ।

कारोवारमा आएका मध्ये होटल समुहको परिसुचक सवैभन्दा बढी ४१ अंकले बढेको हो ।   त्यस्तै जलविद्युतको २८ दशमलव ४९ र बीम समुहको १४ दशमलव ३३ अंकले बढेको छ ।

त्यसैगरी विकास बैंकको ११ दशमलव २१, बैंकिङको ५ दशमलव ९७ र फाइनान्स समुहको परिसुचक ० दशमलव ४४ अंकले उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL