Logo

नेप्सेमा ग्रीन सिग्नल, बुधबार १३ अंकले बढ्यो

नेप्सेमा ग्रीन सिग्नल, बुधबार १३ अंकले बढ्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१४ माघ, काठमाडौं । बुधबार नेप्से परिसुचक १२ दशमलव ९३ अंकले बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तमा ९ सय ८८ अंकमा पुगेर अडिएको छ ।

बुधबार पनि बैंकिङ समुहको परिसुचक उच्च रुपमा बढेको छ । उक्त समुहको परिसुचक १५ दशमलव २८ अंकले बढेपछि समग्र नेप्से परिसुचक पनि उकालो लागेको हो । बजारमा जलविद्युत् समुहको परिसुचक ४१ अंकले बढेको छ भने बीमा समुहको परिसुचक ३१ अंकले बढेको छ । बजारमा होटल समुहका वाहेक अन्य समुहको परिसुचक उकालो लागेको छ ।

बजारमा कुल ३५ करोड ८७ लाख रुपैयाँ बरावरको ९ लाख १७ हजार कित्ता सेयर कारोवार भएको छ । आज पनि बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरको कारोवा भएपछि रकम तथा सेयर संख्या दुवै बढेको हो । सो बैंकको ५ करोड ६६ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL