Logo

कुमारी बैंकको नाफा ३ गुणाले बृद्धि, दोस्रो त्रेमासमा १८ करोड मुनाफा

कुमारी बैंकको नाफा ३ गुणाले बृद्धि, दोस्रो त्रेमासमा १८ करोड मुनाफा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ माघ, काठमाडौं । कुमारी बैंकले आफ्नो नाफामा भारी बृद्धि गरेको छ । बैंकले गत आवको पुस मसान्तसम्ममा ६ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालू आवको सोही अवधिमा १८ करोड १६ लाख रुपैयाँ मुनाफा कमाएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा झण्डै ३ गुणाले बढी हो । बैकको चुक्ता पूँजी २ अर्व ४३ करोड रुपैयाँ रहेको छ ।

बैंकले नोक्शानी व्यवस्थापन गरेको ऋणबाट ५ करोड ६५ लाख रुपैयाँ उठाएको छ । बैंककोे खुद ब्याज आम्दानी ३५ करोड १७ लाख रुपैयाँबाट बढेर ४३ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

बैंकले हालसम्म कुल २९ अर्ब ८८ करोड निक्षेप संकलन गरेको छ भने २५ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराव कर्जा अनुपात ३.८४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ४ दशमलव २६ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL