Logo

सन् २०१९मा उच्च आर्थिक वृद्धि गर्नेमा नेपाल छैटौं स्थानमा, रुवान्डा पहिलो

सन् २०१९मा उच्च आर्थिक वृद्धि गर्नेमा नेपाल छैटौं स्थानमा, रुवान्डा पहिलो



काठमाडौं । नेपाल विश्वकै द्रूत आर्थिक विकास गर्ने राष्ट्रको सूचीमा छैटो स्थानमा परेको छ । विश्व अर्थतन्त्रको विश्लेषण गर्ने स्पेक्टेटर इन्डेक्सले बुधबार सार्वजनिक गरेको नयाँ सूचीमा नेपाल दक्षिण एशियाली मुलुकमध्ये बंगलादेश भन्दामात्र पछि रहेको छ ।

laxmi

सूचीमा नेपाल ७.१ प्रतिशतको आर्थिक वृद्धिका साथ छैटौं स्थानमा रहँदा बंगलादेश ७.८ प्रतिशतका साथ सूचीको दोश्रो स्थानमा रहेको छ ।


सूचीमा पहिलो स्थानमा भने वर्षौदेखिको गृहयुद्ध अन्त्यपछि तीब्र विकास गरिरहेको अफ्रिकी राष्ट्र रुवान्डा ७.८ प्रतिशतका साथ पहिलो स्थानमा रहेको छ भने अर्को अफ्रिका राष्ट्र आइभरी कोष्ट ७.५ प्रतिशतका साथ तेश्रो स्थानमा रहेको छ ।

सूचीको दशौं स्थानभित्र अफ्रिकी र एशियाली राष्ट्रहरुको बाहुल्य रहेको सूचीमा नेपालपछि अर्को एशियाली राष्ट्र कम्बोडिया ७ प्रतिशतका साथ सातौं स्थानमा छ भने घाना र इथियोपिया ७.५ प्रतिशतका साथ क्रमश चौथो र पाँचौ स्थानमा रहेका छन् ।


यस्तै सूचीमा बेनिन र मौरिटानिया ६.६ प्रतिशत, भियतनाम, जाम्बिया र मालदिभ्स ६.५ प्रतिशत, लाओस ६.४ प्रतिशत, नाइजर तुर्केमेन्स्तिान ६.३ प्रतिशत, म्यानमार ६.२ प्रतिशतका साथ सूचीमा क्रमश अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL