Logo

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प : तीन भाग्यमानी ग्राहकलाई आकर्षक सर्भिस प्याकेज जित्ने अवसर

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प : तीन भाग्यमानी ग्राहकलाई आकर्षक सर्भिस प्याकेज जित्ने अवसर



काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्स अन्तर्गतको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले श्रावण १८ देखि २० गतेसम्म देशव्यापी ‘मनसुन फ्री सर्भिस क्याम्प’ सञ्चालन गर्ने घोषणा गरेको छ।

लगातारको वर्षाका कारण सवारीसाधनमा विविध समस्या देखिन सक्ने भएकाले यस्तो अवस्थामा दीर्घकालीन क्षति हुन नदिन ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै विशेष सर्भिस क्याम्प सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ।

यस सर्भिस क्याम्प अन्तर्गत ग्राहकले आफ्नो गाडीको निःशुल्क निरीक्षण, विशेषज्ञको सल्लाह तथा विभिन्न मर्मत सेवामा विशेष छुट पाउनेछन्। साथै, सर्भिस अवधिमा सहभागी भएका सुजुकी गाडीधनीहरूमध्ये तीन जना भाग्यमानी ग्राहकले आकर्षक सर्भिस प्याकेज जित्न सक्ने अवसर पनि प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार, क्याम्प अवधिभर ग्राहकले एसीरहिटर जाँच, ब्याट्री परीक्षण र ओभरअल चेकअप निःशुल्क गराउन सक्नेछन्। साथै, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्ट सेवामा ५० प्रतिशतसम्म छुट, लेबर चार्जमा २० प्रतिशतसम्म छुट, र स्पेयर पार्ट्स तथा इन्जिन आयलमा १० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

सुजुकीको यो विशेष सेवा नेपालभर रहेका सबै ५४ सर्भिस आउटलेटहरूमा एकसाथ उपलब्ध हुनेछ। कम्पनीले सम्पूर्ण सुजुकी ग्राहकलाई उक्त सर्भिस क्याम्पको अधिकतम लाभ उठाउन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्