काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई सुजुकी गाडीको अधिकृत बिक्रेता न्यान्सी अटो मोबाइल्स् प्रा.लि.बाट गाडि खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले न्यान्सी अटो मोबाइल्स्बाट सुजुकी ब्राण्डका विभिन्न मोडलका गाडि खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडिको खरिद रकममा थप तीस हजार देखि एक लाख पचहत्तर हजार रूपैयाँसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र न्यान्सी अटो मोबाइल्स्को तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गरे ।