काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) हरूलाई नेपाली शेयर बजारमा प्रत्यक्ष रूपमा सहभागी हुने बाटो खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले नागरिकता प्रमाणको आधारमा उनीहरूलाई शेयर कारोबार गर्न दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ।
बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा सो व्यवस्था समेटिएको छ।
बोर्डले गैरआवासीय नेपालीका लागि आवश्यक कानुनी तथा प्राविधिक पूर्वाधार तयार पार्ने घोषणा गर्दै, आगामी दिनमा उनीहरूलाई सरल र सहज ढंगले नेपाली सेयर बजारमा लगानी गर्न सकिने वातावरण बनाउने लक्ष्य लिएको जनाएको छ।