Logo

देशभरबाट भागेका मध्ये १ हजार ४५५ कैदीबन्दी पुनः पक्राउ, अझै १२ हजार बढी फरार

देशभरबाट भागेका मध्ये १ हजार ४५५ कैदीबन्दी पुनः पक्राउ, अझै १२ हजार बढी फरार



काठमाडौं । जेनजी आन्दोलनको क्रममा देशभरका कारागार तोडफोड र आगजनीपछि फरार भएका कैदीबन्दीमध्ये १ हजार ४५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार हालसम्म ठूलो संख्यामा कैदीबन्दी पुनः पक्राउ परे पनि अझै १२ हजार ८५२ जना फरार रहेका छन्।

देशभरका विभिन्न कारागारबाट कुल १४ हजार ५०७ कैदीबन्दी भागेका थिए। यस्तै, प्रहरी हिरासतमा रहेका ५७३ थुनुवा समेत प्रदर्शनकै क्रममा फरार भएका छन्।

प्रतिक्रिया दिनुहोस्