काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई समिति कर्मचारीमार्फत सिमित शाखाहरु सञ्चालन गर्न निर्देशन दिएको छ । साथै, बैंकका सञ्चालनमा आएका शाखा र सेवाहरुको बारेमा सेवाग्राहीलाई जानकारी दिन बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकको निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्नो वेव साइट र सामाजिक सञ्जालबाट खुला हुने शाखा र सेवाहरुको बारे जानकारी दिन निर्देशन दिएको हो । केन्द्रीय बैंकको निर्देशनसँगै बैंकर्स संघले बैंकहरुले बिहीबारदेखि आंशिक शाखा खुला गर्ने निर्णय गरेको छ ।
