Logo

नाडाद्वारा रसुवामा आएको बाढीपहिरोका कारण उत्पन्न परिस्थितिमा संयमित रहन आग्रह

नाडाद्वारा रसुवामा आएको बाढीपहिरोका कारण उत्पन्न परिस्थितिमा संयमित रहन आग्रह



काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह गरेको छ । नाडाले एक सूचना जारी गर्दै यस्तो बताएको हो । हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ र रसुवागढी—मार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पु¥याएको सूचनामा उल्लेख गरिएको छ ।
यसले भन्सार परिसरमा रहेका निर्माणाधिन सुख्खा बन्दरगाह, पार्किङमा रहेका कन्टेनरहरु समेत बगाएको छ । यस कठिन घडीमा हामी सम्पूर्ण पीडितहरूप्रति नाडाले गहिरो समवेदना प्रकट गरेको छ । ‘आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय छ र हामी त्यसमा गहिरो सहानुभूति प्रकट गर्दर्छौं ।’ सूचनामा भनिएको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हरेक कठीन घडीहरुमा अटोमोवाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको सधैं साथमा रहदै आएको बताएको छ । पीडितहरूको हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा नाडाले ऐक्यबद्धता जनाएको छ । ‘यदि यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउनु हुन सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछौ । यो संकटको घडीमा हामी सबै मिलेर सहयोग र करुणाका साथ अघि बढन अनुरोध गर्दछौ ।’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्