Logo

नाडा अटो शो २०२५ : भरपर्दाे आफ्टर सर्भिसका कारण टाटाको टियागो र पञ्चमा उल्लेख्य भिड

नाडा अटो शो २०२५ : भरपर्दाे आफ्टर सर्भिसका कारण टाटाको टियागो र पञ्चमा उल्लेख्य भिड



काठमाडौं । हाल काठमाडौंको भृकुटीमण्डमा चलिरहेको नाडा अटो शो २०२५ मा धेरैजसो अवलोकनकर्ताहरु टाटाको टियागो र पन्च इभीमा झुम्मिएको देखिन्छ । सस्तो मूल्य, भरपर्दाे आफ्टर सर्भिस र सहज फाइनान्सीङका कारण नेपालका सडकहरुमा बढ्दै गएको टाटाका इभीहरुको उपस्थिती नाडा अटो शो ले झन बढाउने निश्चित छ ।

यसअघि नेपाली सडकमा देखिएको टाटाका नेक्सन इभीपछि अब टियागो, पन्च र कर्भ इभीको पनि उपस्थिती बाक्लीँदै गएको सिप्रदी टे्रेडिङका प्रमुख बजार व्यवस्थापक निर्मल खत्रीले बताए । उनका अनुसार नाडा अटो शो मा सिप्रदीले भित्र्याएको टाटाका पञ्च इभी र टियागो इभीमा धेरैजसो अवलोकनकर्ताहरुले चासो देखाउने गरेका छन् । यद्यपी सिप्रदीले अटो शो मा प्रदर्शनमा राखिएकामध्ये धेरैजसो गाडी बुक गर्नेहरुले यीनै गाडीहरु बुक गरिरहेको उनको भनाई छ ।

‘खासगरी हाम्रो मुख्य उद्येश्य भनेकै ग्राहकहरुको सन्तुष्टि पूरा गर्नु हो, त्यो हामी आफ्टर सर्भिसबाट गराउँदै आएका पनि छौं,’ उनले भने, ‘बलियो अन्तरराष्ट्रिय कम्पनी टाटाले नै निर्माण गरेका गाडीहरु नेपालमा विक्री हुँदै गर्दा कालान्तरमा आफ्टर सर्भिसमा समस्या, पार्ट्स नपाउने समस्यालगायत भोग्नुनपर्ने निश्चित छ ।’

नाडा अटो शोमा टाटा मोटर्सले गाडी खरिद गर्ने ग्राहकका लागि विशेष अफरहरु पनि सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ सुविधा, आकर्षक छुट, उत्कृष्ट साटफेर मूल्यांकन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटोप्लस बीमा, निःशुल्क एसेसरिज र १ वर्षको सवारी कर प्रदान गरिने भएको छ। साथै, घरमै निःशुल्क चार्जिङ स्टेशन जडानदेखि निःशुल्क इम्बोस्ड नम्बर प्लेटसम्मका सुविधा पनि उपलब्ध हुनेछन् ।

यसै अवसरमा कम्पनीले नेपाली बजारका लागि नयाँ टाटा सफारी सार्वजनिक गरेको छ । तीन भेरियन्टमा उपलब्ध सफारीको सुरुवाती मूल्य १ करोड २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बीएस–६ डिजेल इन्जिनयुक्त यो मोडल १९५६ सीसी क्षमताको छ ।

प्रदर्शनीमा कम्पनीले आफ्ना चार इलेक्ट्रिक मोडलहरू, टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी र कर्भ ईभी पनि प्रस्तुत गरेको छ । कम्पनीले नाडा अटो शो मा प्रदर्शनमा राखिएकामध्ये टियागो र पन्चपछि कर्भ पनि उल्लेख्य मात्रामा बुकिङ भएको जनाएको छ । यद्यपी कम्पनीले हालसम्म कति मात्रामा गाडी बुकिङ भए भन्ने् कुरा भने नखुलाएको खत्री बताउँछन् । कम्पनीले नाडामा सार्वजनिक गरेका कारहरुमध्ये नाडा अटो शोमा ४ वटा इलेक्ट्रिक (इभी) मोडल र ४ वटा आइसी मोडलका गाडी प्रदर्शनमा राखिएको छ ।

टाटाले यसै नाडा अटो शो मा पञ्च इभी सार्वजनिक गरेको छ, जसको मूल्य ३८ लाखदेखि ४० लाख रुपैयाँसम्म तोकिएको छ । साथै, नेक्सन इभी (५८ लाख ९९ हजार), कर्भ इभी (५६ लाख ९९ हजार) र टियागो इभी समेत अटो शोमा प्रदर्शनीमा राखिएको छ ।

कम्पनीका अनुसार शोमा प्रदर्शन गरिएका टाटाका गाडीहरू २७ लाख ५० हजारदेखि १ करोड ३२ लाख रुपैयाँसम्ममा खरिद गर्न सकिने छन् । पेट्रोलमा चल्ने टियागो, पञ्च, नेक्सन र डिजेलमा चल्ने सफारी पनि मेलामा आकर्षणको केन्द्र बनेका छन् ।
कम्पनीले नाडा अटो शो भर गाडी बुक गने एक जनालार्य विभिन्न छुट, एक्सचेन्ज अफर, आजीवन निःशुल्क चार्जिङ, ३ वर्षको वारेन्टी, निःशुल्क सर्भिसिङ, बीमा र वार्षिक सवारी कर जस्ता विशेष सुविधा उपलब्ध गराइरहेको छ ।

यी सेवासँगै कम्पनीले दिने आफ्टर सर्भिस नै मुख्य रुपमा भरपर्दा भएकै कारण टाटाका गाडीमा ग्राहकहरु झुम्मिने गरेको प्रमुख बजार व्यवस्थापक खत्रिले बिजखबरलाई बताए ।

नाडा अटो शो लक्षित गर्दै आधिकांश बैंकहरूले सेवा शुल्क ०.२५ प्रतिशत बिन्दुले घटाएका छन् । त्यसैगरी ब्याजदर ६ देखि ८ प्रतिशतको बीचमा राख्दै गाडीका लागि फाइनान्सिङको सुविधा दिँदै आएका छन् ।

कम्पनीले इभी गाडीलाई लक्षित गरी देशभर ३८ ओटा डीसी र १ सय ५० बढी एसी फास्ट चार्जिङ स्टेशन निर्माण गरी संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्