काठमाडौँ । ग्लोबल ओरियन्स नेपाल प्रालिले पाँचौं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव तथा वितरक सम्मान कार्यक्रममा कम्पनीका अध्यक्ष बसन्त पण्डितले ग्लोवल ओरियन्स नेपालले ४७ सय युवाहरुलाई वितरकको रुपमा काम गर्ने अवसर प्रदान गरेको र ५ बर्षको अवधिमा १ अर्ब १९ करोडको कारोवार गरेको बताए ।
त्यस्तै, हरेक ३र३ महिनामा राज्यको सम्बन्धित निकायमा सम्पूर्ण प्रतिवेदन पेश गरिरहेको र पारदर्शी कारोवार रहेको बताउँदै आगामी दिनमा नेपालमै उत्पादन गृह स्थापना गरी शतप्रतिशत स्वदेशी उत्पादन विक्रि गर्नेमा कम्पनी अगाडी बढीरहेको जानकारी दिए । अधयक्ष पण्डितले उक्त कार्यक्रममा कफी र पर्फयुम २ वटा उत्पादन पनि विक्रि सुरु गरिएको र हालसम्म ५० भन्दा उत्पादनहरु रहेको जनाए ।
त्यस्तै, कार्यक्रमका विशेष अतिथि संघीय प्रतिनिधि सभा सदस्य लाल प्रसाद साँवा लिम्बुले पनि नेपालमा युवाहरुको लागि काम गर्ने अवसर नभएको, राज्यले मात्र रोजगार उपलब्ध गराउन नसक्ने, व्यापार घाटाको कारण राज्यको ढुकुटी कम हुदैं जाँदा राज्यको सिस्टम नै तहसनहस हुन सक्ने लगाएतका कुरालाई सरकारले बेलैमा सोच्नु पर्ने बताए । साथै, उनले अन्य विकशित मुलुकले झैं राज्यतहबाट उचित व्यवस्थापन र आवश्यकता अनुसार अनुकुल ऐननियमको परिमार्जन गरेर भएपनि प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिए ।
सो अवसरमा पूर्ववाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माले पनि व्यापारीहरुलाई थुनछेक गरेर, राज्यका निकायहरुले तर्साउने शैलीले नियन्त्रण गर्न खोजेर नेपालको राष्ट्रिय अर्थतन्त्रको भार थेग्न नसकिने बताए । हरेक व्यापारीहरुलाई कर तिर, पारदर्शी व्यापार गर भनेर प्रोत्साहन गर्न जरुरी छ । प्रत्यक्ष विक्रि पद्धतिमा आधारित व्यवसायलाई प्रोत्साहन गर्न, नियमन गर्न मात्र सक्यो भने राज्यले आम युवाहरुलाई रोजगारी दिने मात्र होईन, ऐनमा उल्लेख भएको ५० प्रतिशत स्वदेशी उत्पादनलाई मात्र पनि प्रोत्साहन गर्न सकियो भने आयात प्रतिस्थापन शतप्रतिशत हुन सक्छ,ू उनले भने ।
त्यस्तै, नेपाल चेम्वर अफ कमर्शका उपाध्यक्ष सन्तोष कुमार पाण्डेले वर्तमान अवस्थामा राज्यको अदुरदर्शी नितिका कारण अर्थतन्त्र शिथिल मात्र नभई आम व्यापारीहरुले व्यापार गर्न सक्ने अवस्था नरहेकोले राज्यले आम व्यापारीहरुलाई नियन्त्रण नगरी उपयुक्त सिस्टम बनाएर प्रोत्साहन गर्नु पर्ने र प्रत्यक्ष विक्रि पद्धति अबको व्यापारको नयाँ प्रयोग र अभ्यास हुन सक्ने बताए ।
यस्तै, ग्लोवल ओरियन्स नेपालले स्वदेशी उत्पादनको खपत बृद्धी गरी आम युवाहरुलाई रोजगारी दिएको देख्दा अब युवाहरुले नेपाल मै बसेर कमाउँदै रमाउँदै गर्न सक्ने वातावरण बनेको र अझ संस्थागत हुनेमा विश्वास जगाएको बताए । साथै, कार्यक्रममा उपभोक्ता मंच नेपालका अध्यक्ष प्रेमलाल महर्जनले २०६१ सालबाट नै प्रत्यक्ष विक्रि ऐन बन्ने क्रममा तहगत रुपमा पटक पटक छलफल, गोष्ठी र सेमिनार गरेर मात्र यो ऐन बनेको बताउँदै यो ब्यापार रोक्ने भन्दा पनि व्यवस्थापन र नियमन गर्नु नै उपयुक्त हुने भएकोले कानून बनाउन पहल गरेको बताए ।

‘अन्य मुलुकमा जस्तै नेपालमा पनि यसलाई व्यवस्थित र प्रोत्साहन गर्दा युवाहरुले आफ्नो परिवारसंग बसेर कमाउन र रमाउन सक्ने अवसर यस व्यवसायबाट प्राप्त हुन्छ र यो अहिलेको मुलुकको आवश्यकता नै भएको छ,’ उनले भने ।“ग्लोवल ओरियन्स नेपालको साथ सम्मृद्धिको आधार” भन्ने मूल नाराका साथ अगाडि बढेको यस कम्पनीले अन्तराष्ट्रिय स्तरमा ख्याति पाएका स्वास्थ्यमैत्री उत्पादनहरुको अलावा नेपाली हर्वल सौन्दर्यका उत्पादनहरु समेत विक्रि गर्दछ । नेपालमै उत्पादनहरु हरप्रकारका गुणस्तरीय उत्पादनहरुको खपतमा बृद्धि गरी आयात प्रतिस्थापन गर्ने र भविष्यमा निर्यात गर्ने यस कम्पनीको लक्ष्य रहेको छ ।
हालसम्म यस कम्पनीले नेपाल भर २६०० भन्दा बढी वितरकहरुमार्फत आफ्ना सामानहरु विक्रि प्रबर्धन तथा २६ वटा विक्रि कक्षमार्फत सामानहरु उपभोक्ताकोमा उपलब्ध गराईरहेको छ । यस्तै, नेपाली उत्पादकहरु ८ वटा कम्पनीसँग यस ग्लोवल ओरियन्स नेपालले सहकार्य गरिरहेको छ । यसमा समपुरक खाद्यवस्तु र सौन्दर्य सामग्री तथा घरायासी सामानहरु रहेका छन् ।