Logo

आईएमई लाइफ इन्स्योरेन्सको ८औं वार्षिकोत्सव, मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना

आईएमई लाइफ इन्स्योरेन्सको ८औं वार्षिकोत्सव, मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा कर्पोरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समुहका कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको थियो ।

कम्पनीद्वारा ‘खेलकुदमार्फत स्वास्थ्य, एकता र ऊर्जा’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा कम्पनीका विभिन्न विभाग र शाखाका कर्मचारीरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य कर्मचारीबीच आपसी समन्वय, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै कार्यस्थलमा ऊर्जा र उत्साह थप्नु रहेको कम्पनीले जनाएको छ । उक्त फुटसल प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक र शीर्ष गोलकर्तालाई पुरस्कार प्रदान गरिएको थियो।

प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले भने, ‘खेलकुद केवल मनोरञ्जन मात्र होइन, यसले टिम भावना, आत्मविश्वास र स्वास्थ्यलाई मजबुत बनाउँछ ।’

प्रतिक्रिया दिनुहोस्