Logo

सेयर बजारमा २४ अंकको पहिरो, कारोबार रकममा पनि गिरावट

सेयर बजारमा २४ अंकको पहिरो, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्जमा २७ अंकको गिरावट देखिएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो यात्रा तय गरेको नेप्से परिसुचक अन्तिम समयमा २४.५८ अंकले घट्दै १९ सय ७४ को विन्दुमा झरेर रोकिएको हो ।

laxmi

आज कारोबार अवधिभर ३ सय १६ कम्पनीका ९७ लाख ६२ हजार बढि कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार रुपैयाँ माथि पुगेको छ । गत हप्ताको बिहीबार कारोबार रकम ४ अर्ब १३ करोड माथि पुगेको थियो । आज ४२ कम्पनीको सेयरमुल्य उकालो लाग्दा १ सय ९६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

आईतबार लघुवित्त र निर्जीवन बीमा समुहबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL