काठमाडौं । देशको विषम परिस्थिति बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ ।
त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश र विमानस्थल वरपर फैलिएको बाक्लो धुँवाका कारण उडान–अवतरणमा गम्भीर सुरक्षा जोखिम बढेकाले विमानस्थल तत्काल सञ्चालन गर्न असम्भव भएको जनाएको छ ।
विमानस्थल बन्द रहँदा यात्रुलाई अनावश्यक रुपमा विमानस्थल नआउन आग्रह गरिएको छ । साथै, विमानस्थल पुनः सञ्चालनमा आएपछि मात्र सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेर यात्रा व्यवस्थापन गर्न सूचनामा उल्लेख छ ।
कार्यालयले आकस्मिक निर्णयले यात्रुवर्गमा पर्न गएको असुविधाप्रति क्षमा प्रकट गरेको छ ।